सिङगो नेपाल राष्ट्रको अभ्युदय निर्माण र एकिकरणमा नेपालका क्षेत्री वंशले देखाएको अदम्य शाहस वलिदान सौर्य चुकाएको मूल्य इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ र आज पनि नेपालले त्यस्तै त्याग तपस्या देशभक्ति र वीरता प्रदर्शन गर्नकालागि पुर्नजागरणको माग गरिरहेको छ र त्यो आवश्यक पनि भइसकेको महशुस गर्दै इतिहासको गौरवशाली वंश विरासदको नासोको एक अंगको रुपमा क्षेत्री समाज वेलायतको स्थापना भएको हो क्षेत्री समाज वेलायतका अध्यक्ष कृष्णबहादुर अधिकारी क्षेत्रीले समाजको वार्षिक भेटघाट कार्यक्रममा यही सागर्भिक मन्तव्यकासाथ स्वागत भाषण गर्दै सभापतित्वको आसन ग्रहण गरेपछि यही जुलाई १६ मा फार्नवोरा स्थित ओके फकर्म कम्युनिटी स्कूलमा युकेवासी क्षेत्री वन्धुहरुको वृहत भेटघाट औपचारिक रुपमा शुरु भएको थियो। लगभग सात सय भन्दा बढि क्षेत्रीहरुको उपस्थिति रहेको सो भेलामा आधा भन्दा वढी महिला दिदी वहिनीहरुको उपस्थितिले वातावरणलाई झन उत्साहित वनाएको थियो।
सन् २००७ मा स्थापित यस समाजले नेपालको समृद्धि विकास र देशको रक्षाका लागि क्षेत्रीहरुले खेल्नु पर्ने भूमिका र दायित्वका वारेमा यस्तै भेटघाट अन्र्तकि्रया लगायतका कार्यक्रम विभिन्न समयमा गर्दै आएको जानकारी समाजका महासचिव महेन्द्र व. क्षेत्रीले दिनुभयो र उक्त वार्षिक कार्यक्रमको संचालन पनि उहाँले नै गर्नु भएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास वेलायतमा नेपाली सैनिक सहचारी विग्रेडियर जनरल ज्ञानेन्द्रजंग रायमाझीले नेपाल राष्ट्रको हित र रक्षाका लागि क्षेत्री लगायत सवैवर्गका नेपालीहरुले एकताको एउटै सुत्रमा वाँधिएर भूमिका खेल्नु पर्ने कुरा वताउनु भयो।
साँस्कृतिक सचिव राजन क्षेत्रीको अगुवाईमा संचालित विभिन्न नेपाली लोकगीत नृत्य लगायतका सांगितिक कोसेलीहरुले कार्यक्रमलाई अत्यन्त मनोराजात्मक वनाउनुका साथै नेपालकै आफ्नै गाउँ शहरमा पुर्याएको झझल्को र अनुभव दिलाएको थियो। सो अवसरमा राफल ड्र पनि खेलाईएको थियो। कार्यक्रममा समाजका २१ ज्ना आजीवन सदस्यहरुलाई प्रमुख अतिथिज्युले प्रमाणपत्र र खादा प्रदान गर्नु भएको थियो भने संरक्षक ध्रुव केसी र अध्यक्ष कृष्ण व. अधिकारी क्षेत्रीले वेलायतमा रहेर विभिन्न क्षेत्रमा विशेष योगदान र भूमिका निर्वाह गर्नु हुने महानुभावहरुलाई अभिनन्दन र प्रमाण पत्र प्रदान गर्नु भएको थियो यसरी अभिनन्दित हुनेहरुमा शैक्षिक क्षेत्रमा डा. सीताराम वस्नेत इन्द्रवहादुर क्षेत्री कुमार के.सी. शुशील पछाई र किशोर थापा हुनुहुन्थ्यो भने सामाजीक क्षेत्रमा राजनप्रसाद क्षेत्री प्रथम नेपाली पुरुष नस्र सीतल रानभाट नेपाली महिला वस ड्राइभर उमेश के.सी. दिल जि.सीका साथै नोकरीको क्षेत्रमा वढुवा हुने नेपाली सेनका विग्रेडियर जनरल ज्ञानेन्द्रजंग रायमाझी क्याप्टेन दीर्घ के.सी. र अनिष थापा हुनुहुन्थ्यो।
समाजका फार्नवोरो-अल्टरसट एरियाका अध्यक्ष यज्ञ क्षेत्रीले हेल्थ एण्ड सेफ्टीकासाथै कार्यक्रमको व्यवस्थापन र महत्वमाथि प्रकाश पार्नु भएको थियो। ठकुरी समाज युकेकी उपाध्यक्ष भगवती शाह लगायत विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति-व्यक्तित्व र महानुभावहरुको पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो। समाजका केन्द्रीय पदाधिकारी भीम वाँनिया प्रेम खड्का अम्विका खड्का लगायतले कार्यक्रमलाई भव्यतापूर्वक सफल वनाउन अथक मिहेनत गर्नु भएको थियो। वेलुका १० वजेसम्म चलेको कार्यक्रममा लगभग युके भरीबाटै क्षेत्रीहरुको प्रतिनिधित्व रहेको कुरा समाजका उदय थापाले वताउनु भयो। कहिल्यै पराधिन हुनु नपरेको नेपालको गौरवशाली इतिहासलाई अविछिन्न रुपमा अटल राख्न र समृद्ध मूलुक वनाउन सवै जाति क्षेत्र भाषा-भाषीको सुदृढ एकताले मात्र सम्भव हुने हुँदा राष्ट्रियताको रक्षा तथा संवर्धन एवं समुन्नत राष्ट्र निर्माणमा सवै समूदायको ध्यान जानु भने आवश्यक छ।
– राजकुमार थापा, यूके -
